समाचार
संक्षिप्त परिचय
आज भन्दा करिब ६ हजार बर्ष पहिले राजा सिंघत छेन्पो नाम गरेका राजाले राज्य गर्थे । उनका ३ भाई छोराहरु क्रमसः जेठा, माइला र कान्छा ड्राआ छेन्पो, लाहा छेन्पो, सेमचेन छेल्पो थिए । जेठा र माईला राजकाज एवं युद्धकलामा निपूर्ण रहेका र कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए । उनै कान्छा छोरा सेमचेन छेल्पोले आफ्ना पाँच ओटा डमरु सहितकोबघिनीभोको र अचेत रुपमा सुतिरहेको अवस्थामा देखि आफ्नो तिघ्राको मासु टुक्राटुक्रा पारी, छाती खोपेर रगत निकाली बघिनीलाई खुवाएको इतिहास रहेको पाइन्छ । साथै उक्त राजकुमार नै पछि गएर गौतम बुद्ध बनेको र पाँचवटा बघिनीका बच्चाहरु शिष्य भएको साथैतिनै राजकुमारको नामबाट यस नगरपालिकाको प्रमुख धार्मिक स्थलको नाम नमोबुद्ध रहन गएको किम्बदन्ती छ । नेपालको वर्तमान संविधानमा भएको व्यवस्था बमोजिम प्रत्येक नगरपालिका एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ । नगरपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । नगरपालिकाले व्यक्ति सरह चल–अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न र बेच–विखन गर्न सक्नेछ । नगरपालिकाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र सो उपरपनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ भन्ने उल्लेख गरे अनुसार नै यस नगरपालिका पनि सञ्चालन र व्यवस्थित गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा हाल छ वटा नगरपालिकाहरु गठन भएका छन् । गठन भएका मध्ये यस नमोबुद्ध नगरपालिका पाँचौ नगरपालिका हो । यो नगरपालिका साविकका ८ वटा गाविसहरु मथुरापाटी, फुलवारी, मेथिनकोट, कानपूर कालापानी, खनालथोक, पुरानोगाउँ दाप्चा, छत्रेबाँझ दाप्चा, डराउने पोखरी र श्यामपाटि सिमलचौर मिलाएर बनाईएको छ । यस नगरपालिकामा ऐतिहासिक स्थान नमोबुद्ध, दाप्चा, फुलवारी र भकुण्डेबेशीँ लगायतका अधिकांश क्षेत्रमाकृषि, व्यापार र व्यवसाय संग सम्वन्धित प्रचुर सम्भावनाहरु रहेका छन् । यस नगरपालिकामा विशेष गरी हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रुपमा ऐतिहासिक कालबाटै अँगाल्दै आएका छन् । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् ।
साविकका गा.वि.स. का वडाहरू | साविक दाप्चा कशिखण्ड न.पा.का वडा | नमोबुद्ध न.पा.को हालको वडाहरु | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
मथुरापाटि फुलबारी १, २, ४, ५ र ९ | १ | १ | २०६२ | ५.७४ |
श्यामपाटी सिमलचौर १, २ र ३ | - | १ | ||
मथुरापाटि फुलबारी ३, ६, ७ र ८ | २ र ३ | २ | ३४२२ | १२.३६ |
मेथिनकोट ३, ४, ५, ६, ७, ९ | ४ र ५ | ३ | २६०९ | ७.७४ |
मेथिनकोट १, २ र ८ | ६ | ४ | २११२ | १३.६६ |
कानपुर कालापानी १ - ९ | - | ५ | ४३७६ | १८.७६ |
खनालथोक १, २ र ९ | ७ | ६ | १५१४ | ५.२२ |
खनालथोक ३, ४, ५, ६, ७ र ८ | ८ र ९ | ७ | ३१९३ | ७.६ |
डराउनेपोखरी १ - ९ | १४ र १५ | ८ | २६८४ | ८.६४ |
छत्रेबाँझ १, २, ३, ४, ५, ७, ८ र ९ | १२ र १३ | ९ | २७६६ | ९.२३ |
छत्रेबाँझ ६ | ११ | १० | १९८८ | ४.३८ |
पुरानागाँउ दाप्चा १ - ९ | १० र ११ | १० | ||
श्यामपाटी सिमलचौर ४ - ९ | - | ११ | २७९३ | ९.०५ |
२०७४/०१/३१ को स्थानीय तहको निर्वाचनवाट निर्वाचित नगर प्रमुख श्री टंक प्रसाद शर्मा (तिमल्सिना)ज्यू र उपप्रमुख श्री रामदेवी तामांगज्यू रहनु भएको छ । नमोबुद्ध नगरपालिका नगर कार्यपालिकाको पदाधिकारीहरुको नामावली निम्नानुसार रहेको छ।
१) श्री टंक प्रसाद शर्मा (तिमल्सिना) - नगर प्रमुख
२) श्रीमति रामदेवी तामांग- उप प्रमुख
३) श्री कर्म ग्याल्बो लामा - १ नं वडाध्यक्ष
४) श्री सञ्जिव ढकाल - २ नं वडाध्यक्ष
५) श्री राम शरण हुमागाई - ३ नं वडाध्यक्ष
६) श्री उद्धव प्रसाद काफ्ले - ४ नं वडाध्यक्ष
७) श्री बुद्ध सिं तामाङ - ५ नं वडाध्यक्ष
८) श्री कुल प्रसाद न्यौपाने - ६ नं वडाध्यक्ष
९) श्री धर्म सिं लामा - ७ नं वडाध्यक्ष
१०) श्री शेर बहादुर तामाङ - ८ नं वडाध्यक्ष
११) श्री मेल बहादुर लामा - ९ नं वडाध्यक्ष
१२) श्री राम कृष्ण उपाध्याय - १० नं वडाध्यक्ष
१३) श्री कृष्ण बहादुर तामाङ - ११ नं वडाध्यक्ष
१४) श्री अमृता अधिकारी (पराजुली) - नगर कार्यपालिका सदस्य
१५) श्री मनु लामा - नगर कार्यपालिका सदस्य
१६) श्री जानुका पौडेल - नगर कार्यपालिका सदस्य
१७) श्री अप्सरा हुमागाई - नगर कार्यपालिका सदस्य
१८) श्री स्वेता लामा - नगर कार्यपालिका सदस्य
१९) श्री राजु सुन्दास - नगर कार्यपालिका सदस्य
२०) श्री गोपीलाल बिश्वकर्मा - नगर कार्यपालिका सदस्य
२१) श्रीभोले सार्की - नगर कार्यपालिका सदस्य
"कृषि,व्यापार र पर्यटन: हाम्रो सशक्त अभियान"